२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतले भोलि फेरि धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 296
    SHARES
  • भारतले भोलि फेरि धौलीगङ्गा बाँध  खोल्दै, सतर्कता अपनाउन आग्रह

    काठमाडौं :भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध फेरि खोल्ने भएको छ । परियोजनाको बाँध भोलि दिउँसो १२ बजेदेखि पर्सि बेलुकासम्म खोल्न लागिएको हो ।

    बाँध खोलेका बेला र त्यसपछि केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

    बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

    दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ