काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको बताउनु भयो ।
शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ बिमोचन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाउनु भयो ।
केही दिनअघि पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको घमण्ड देखाए सरकारले बङ्गलादेश र श्रीलङ्काको हालत ब्यहोर्नुपर्ने चेतावनी दिनु भएको थियो ।
दाहालको सो अभिव्यक्तिप्रति पनि ओलीले कटाक्ष गर्नु भयो । श्रीलङ्का र बङ्गलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताउनु भयो । । नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको पनि ओलीको भनाइ थियो ।



