काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनु भएको छ । उहाँले यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ दिएको बताउनु भयो ।
समाजिक सञ्जालमार्फत उहाँले लेख्नुभएको ,अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईँहरूको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।
आज बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनु भएको छ । उहाँ माओवादी केन्द्र निकट हो । पाण्डेले ५८० मत पाउँदा अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटा सापकोटाले ४८० मत प्राप्त गर्नु भयो ।



