२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बालेनका समर्थक प्रधानमन्त्री ओलीको फेसबुक पेज ‘अनफलो’ अभियानमा

images

सत्कार खबर
  • २०८१ भदौ १९, बुधबार
  • 1.2K
    SHARES
  • बालेनका समर्थक प्रधानमन्त्री ओलीको फेसबुक पेज ‘अनफलो’ अभियानमा

    काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो’ गर्ने अभियान चलाएका छन्।

    मंगलबार बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको  उहाँको सचिवालयले दाबी गरेको थियो।  कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबी गरेको थियो। 

    त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गर्नु भएको थियो । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो अभियान चलाएका छन्। 

    मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन्। बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गर्नु भएको थियो । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ