काठमाडौँ : नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावअनुसार पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको हो। पहाडी यसअघि टेलिकमको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन्।
उनीसँग टेलिकम क्षेत्रमा करिब तीन दशकको अनुभव छ। पहाडीको नियुक्ति सिफारिस समितिले लिखित तथा मौखिक प्रस्तुतिका आधारमा अनिल झा र विमल आचार्यसँगै सिफारिस गरेको तीन जनामध्येबाट भएको हो।



