काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भ्उको छ ।
बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको र सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भ्एको हो ।
आवश्यक पूर्वाधार बनाउँदै सुखी नेपाली समृद्ध नेपालको नारालाई सबै मिलेर साकार बनाउनुपर्नेमा उनले जोड दिनु भयो । प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नु भयो ।
उहाँले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको उल्लेख गर्नु भयो ।
प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गाराउनु भयो ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।



