२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रचण्डको आरोपः भ्रष्टाचारी जोगाउन काँग्रेस र एमाले मिलेर रातारात सरकार ढाले

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.0K
    SHARES
  • प्रचण्डको आरोपः भ्रष्टाचारी जोगाउन काँग्रेस र एमाले मिलेर रातारात सरकार ढाले

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमाले मिलेर रातारात षड्यन्त्रमूलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाउनु भएको छ  । 

    आइतवार झापामा आयोजित कार्यक्रममाउहाँले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात आफ्नो सरकार हटाएको बताउनु भएको हो । उहाँले संसारमा कतै पनि संसद्का दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाउनु भयो । 

    उहाँले नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरूलाई पक्राउ गरेपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालतको फैसलाका आधारमा अघि बढ्ने जमर्को गरेपछि सरकार ढालिएको बताउनु भयो । 

    अध्यक्ष दाहालले गिरिबन्धु टी स्टेटमा केही दिनसम्म नेकपा एमाले र नेपाली काँग्रेसबीच आरोप प्रत्यारोप लगाइएको बताउनु  भयो । उहाँले भ्रष्टाचारीलाई बचाउन दुई दल एक भएको आरोप लगाउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ