२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुर्व राष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार, दुई महिनामा दोस्रो आक्रमण

images

  • २०८१ भदौ ३१, सोमबार
  • 881
    SHARES
  • पुर्व राष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार, दुई महिनामा दोस्रो आक्रमण

    एजेन्सी : पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको फ्लोरिडामा हत्याको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा रहेका बेला उहाँको हत्या प्रयास भएको एफबीआईले जनाएको छ। एफबीआईका अनुसार झाडीबाट राइफलको नाल छिराएर २ सय ७५ देखि ४ सय ५५ मीटर टाढा रहेका ट्रपमाथि गोली प्रहार भएको थियो ।

    घटनास्थलमा एक एके ४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

    राइफलसहित झाडीबाट निस्केर गाडी चढी भाग्न खोज्ने क्रममा उनलाई केहीपर पुगेपछि गोली हानेर पक्राउ गरिएको हो । अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेको बताएका छन् ।

    ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ ।यसअघि पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि पेनसिल्वेनियामा पनि गोली हानि हत्याको प्रयास भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ