२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने राष्ट्रिय भेला सुरू, देशभरबाट १५ सय बढी प्रतिनिधि

images

  • २०८१ असोज १, मंगलबार
  • 1.2K
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने राष्ट्रिय भेला सुरू, देशभरबाट १५ सय बढी प्रतिनिधि

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला  बुधबारसम्म चल्नेछ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान,  विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

    भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । 

    भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन  देशभरबाट १५ सय बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ