२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनसेलद्वारा पलेशा र पारा खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान

images

  • २०८१ असोज ३, बिहीबार
  • 1.1K
    SHARES
  • एनसेलद्वारा पलेशा र पारा खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान

    काठमाडौँ : एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा ऐतिहासिक कांस्य पदक जित्दै नेपाली खेलकुदको क्षेत्रमा गौरवमय इतिहास रचेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ। राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यो सम्मान प्रदान गरिएको हो।

    पलेशासँगै अन्य ४ सदस्यीय टोलीलाई पनि सम्मान गरिएको थियो। पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले रु ३ लाख, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही रु १ लाख नगद पुरस्कार प्राप्त गरे।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले, र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा यी पुरस्कार वितरण गरेका थिए।

    एनपीसी नेपालले पारा खेलाडीहरूको उच्च मनोबल र हौसला प्रदान गरेकोमा एनसेललाई पनि सम्मान गरेको छ। एनसेलले आफ्नो सीएसआरअन्तर्गत पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको तालिम, विकास, तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ।

    palesha.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ