२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा दूरसञ्चार सेवाको तीव्र वृद्धि : जनसंख्याभन्दा बढी टेलिफोन प्रयोगकर्ता

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.6K
    SHARES
  • नेपालमा दूरसञ्चार सेवाको तीव्र वृद्धि : जनसंख्याभन्दा बढी टेलिफोन प्रयोगकर्ता

    काठमाडौँ : नेपालमा जनसंख्याको अनुपातमा टेलिफोन सेवा लिनेहरूको संख्या १२४ प्रतिशत नाघेको छ। 

    नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सर्भिसमा नेपाल टेलिकमको बजार हिस्सा करिब ६३.५५ प्रतिशत छ भने एनसेलको बजार हिस्सा ३६.४५ प्रतिशत रहेको छ। 

    दूरसञ्चार क्षेत्रको नियामक निकायको तथ्यांक अनुसार भ्वाइस कल सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ६३.५५ प्रतिशत छ भने एनसेलको बजार हिस्सा ३६.४५ प्रतिशत मात्र छ।

    नेपाल टेलिकमको भ्वाइस कल सेवा अथवा सिम लिनेको संख्या २ करोड ३० लाख २० हजार ५ सय ७ रहेको छन् भने एनसेलको सिम लिने ग्राहकको संख्या १ करोड ३२ लाख ३ हजार ३ सय ५१ रहेको छन्। 

    फिक्स्डतर्फ भ्वाइस सेवा लिनेको संख्या ५ लाख ९६ हजार ४ सय ७८ र जीएमपीसीएस सेवा लिनेको संख्या २ हजार ९ सात ८६ रहेको छन्। जनसंख्याको अनुपातमा १२४.२२ प्रतिशत भ्वाइस टेलिफोन सेवा लिइएको प्राधिकरणको तथ्यांकले देखाएको छ। 

    एकै व्यक्तिले दुईवटा सिम बोक्ने र पूर्णरूपमा अद्यावधिक तथ्यांक नभएका कारण संख्या बढी देखिने गरेको प्राधिकरणको भनाइ छ। तथ्यांकले नेपालमा दूरसञ्चार सेवाको पहुँच अत्यधिक बढेको देखाउँछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ