काठमाडौँ : निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले असोज १० देखि १६ गतेसम्म संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ताका लागि निवेदन दिन सकिने जानकारी दिएको हो।
सूचनामा दल दर्ताका लागि राजनीति दल सम्बन्धी नियमावली २०७४ को अनुसूची-१२ बमोजिम निवेदन तयार पार्नुपर्ने उल्लेख छ। यो निवेदन आयोगको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने वा आयोगको कान्तिपथस्थित कार्यालयबाट लिन सकिने जानकारी पनि दिइएको छ।




