२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनसेलद्वारा बाढीपहिरो प्रभावित क्षेत्रका ग्राहकहरूलाई निःशुल्क डेटा प्रदान

images

  • २०८१ असोज १३, आइतबार
  • 906
    SHARES
  • एनसेलद्वारा बाढीपहिरो प्रभावित क्षेत्रका ग्राहकहरूलाई निःशुल्क डेटा प्रदान

    काठमाडौँ : एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई सङ्कटको समयमा निःशुल्क डेटा सेवा प्रदान गरेको छ। देशभरको भारी वर्षाले सिर्जना गरेको विपत्तिका कारण लाखौँ नेपालीले कठिनाइ भोग्नुपरेकोमा एनसेलले गहिरो चिन्ता व्यक्त गरेको छ।

    कम्पनीले विपद्को घडीमा परिवार, आफन्त, र उद्धार सेवासँग सम्पर्कमा रहन सञ्चार सेवाको आवश्यकता अत्यधिक हुने भन्दै, आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क डेटा उपलब्ध गराएको हो। शनिबार बिहानदेखि लागू भएको यो सेवाले प्रभावित क्षेत्रका मानिसहरूलाई सूचनामा पहुँच, सहयोगका लागि सम्पर्क, र सुरक्षित रहन मद्दत पुर्‍याउने उद्देश्य राखेको छ।

    एनसेलले निःशुल्क डेटा सेवासँगै हालको परिस्थितिको मूल्याङ्कन गरिरहेको र थप राहतका कार्यक्रमहरूमा पनि योगदान गर्ने प्रतिबद्धता जनाएको छ। १ करोड ३० लाखभन्दा बढी ग्राहकको सेवा गर्दै आएको एनसेलले आफूलाई केवल टेलिकम सेवा प्रदायक मात्र नभई नेपाली समुदायको अभिन्न अङ्गको रूपमा प्रस्तुत गरेको छ।

    सरकारसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि विभिन्न निकायहरूसँग समन्वय गर्दै कम्पनीले राहत प्रयासलाई प्रभावकारी बनाउन विशेष ध्यान दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ