२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा आपूर्ति संकट, दैनिक जनजीवन प्रभावित

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.1K
    SHARES
  • बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा आपूर्ति संकट, दैनिक जनजीवन प्रभावित

    काठमाडौँ : अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं उपत्यकाको जनजीवनलाई गम्भीर रुपमा प्रभावित गरेको छ।

    मुख्य राजमार्गहरुमा क्षति पुग्दा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा अवरोध उत्पन्न भएको छ। फलस्वरूप बजारमा महँगी बढेको र वस्तुहरूको अभाव देखा परेको छ। पेट्रोलियम पदार्थ, तरकारी, आलु ,प्याज, दूध लगायतका सामग्रीहरूको नियमित आपूर्ति प्रभावित भएको छ।

    thankot-jaam2.png

    धेरैजसो सडक मार्ग अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट खाद्यान्न, तरकारी, फलफूल लगायतका सामग्री काठमाडौंसम्म आइपुग्न नसकेको हो। बाढीले तरकारी बजार र गोदामहरू डुबानमा परेका छन। जसले ठूलो परिमाणमा वस्तुहरू नष्ट गरेको छ।

    यसका साथै इन्धन आपूर्तिमा पनि समस्या आएकोछ।  यद्यपि अहिले एकतर्फी रुपमा सडक मार्ग खुल्न थालेको छ।

    सडक अवरोधका कारण जनजीवनमा परेको असरलाई कम गर्न विभिन्न निकायहरूले प्रयास गरिरहेका छन्।  पूर्णरूपमा स्थिति सामान्य हुन केही समय लाग्ने देखिन्छ।

    download (2).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ