काठमाडौँ : नेकपा (एमाले)का सांसदहरूले आफ्नो १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गर्ने भएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको ह। जसको जानकारी सचेतक सुनिता बरालले दिइन्।
यस निर्णय अनुसार बाढी र पहिरोबाट पीडितहरूको पुनर्स्थापनाका लागि जनप्रतिनिधिहरूले सक्रिय भएर काम गर्नुपर्ने निर्देशन पनि दिइएको छ।
यसअघि एमालेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो।



