काठमाडौँ : नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेललाई कम्पनी सचिवको रूपमा नियुक्त गरिएको छ।
केन्द्रीय कार्यालय प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को गत असोज २ गतेको पत्रानुसार कम्पनी सचिवमा पौडेल नियुक्त भएका हुन्।पौडेललाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै, कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ। अर्यालले सञ्चालक पदको जिम्मेवारी लिँदै गोपनीयताको शपथसमेत गरिसकेकी छन्।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com