काठमाडौँ : डिश होमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा १२ महिना लिँदा थप ३ महिना निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुनेछ।
ग्राहकहरूलाई लक्की ड्रमा सहभागी हुने मौका पनि दिइएको छ। जहाँ हप्तामा १२ जना भाग्यशाली विजेताहरूले स्मार्टफोन, इयरबड्स, स्ट्रीमर र अन्य उपकरणहरू जित्न सक्नेछन्। बम्पर लक्की ड्रमा भने फ्रन्ट लोड वासिङ मेशिन जस्ता ठूला उपहारहरू पनि जित्न सकिनेछ।
साथै, विभिन्न छुटहरूको अफर पनि उपलब्ध छ, जसमा ४०% सम्मको छुट डी होम एप्लीकेशनका सामानहरूमा, ५४% सम्मको छुट मीभी डिवोपोड्समा, र ७०% सम्मको छुट फाएरबोल्ट स्मार्ट वाचमा पाइनेछ।



