२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कतारी लगानीकर्ताहरू नेपालमा लगानीको अवसर खोज्दै

images

  • २०८१ असोज १७, बिहीबार
  • 1.7K
    SHARES
  • कतारी लगानीकर्ताहरू नेपालमा लगानीको अवसर खोज्दै

    काठमाडौँ :  कतारका लगानीकर्ताहरूले नेपालमा लगानीको सम्भावना खोजिरहेका छन। जुन श्रमिक गन्तव्यको रूपमा मात्रै होइन विभिन्न क्षेत्रहरूमा अवसरका रूपमा पनि रहेको छ। नेपालका सूचना प्रविधि,औषधि उद्योग,बैंकिङ,जलविद्युत,र पर्यटनजस्ता क्षेत्रमा कतारी लगानीकर्ताहरूको चासो देखिएको छ।

    कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहम्मद अल थानीले भने, "हामी नेपालमा थप लगानीकर्ताहरूलाई प्रोत्साहित गर्नेछौं।" यसै सन्दर्भमा नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठक हालै कतारको राजधानी दोहामा सम्पन्न भएको छ। यस बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका छन्।

    कतारका अमीर शेख तमीम बिन हमाद अल थानीले गत अप्रिल २३ र २४ का दिन नेपाल भ्रमणको क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए।

    यस बैठकमा अध्यक्ष ढकालले नेपालमा स्थायित्वको वातावरण रहेको र कानूनी सुधारले लगानीको अवसरहरू सिर्जना गरिरहेको बताए। उनले कतारका लगानीकर्ताहरूलाई जलविद्युत, पर्यटन, र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा लगानी गर्न आह्वान गरे।

    यसैगरी अध्यक्ष ढकालले आगामी वर्ष नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव पनि राखेका छन्।

    यस बैठकमा कूटनीतिक सहयोगको क्षेत्रमा पनि विभिन्न समझदारीहरू भएका छन्। नेपाल र कतार बीच संस्कृति, युवा र खेलकुदको क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।

    कतारका लगानीकर्ताहरूले नेपालमा लगानी गर्नको लागि अब्बल अवसर देखेको छ| जसले दुई देशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ