काठमाडौं: नेपाली बजारमा टेक्नो ब्राण्डको नयाँ मिडरेन्ज स्मार्टफोन 'स्पार्क गो- वन' (Tecno Spark Go 1) सार्वजनिक गरिएको छ। कम्पनीले 'सुपरस्टार'को उपमा दिँदै यस फोनका तीन भेरियन्ट उपलब्ध गराएको। जुन ब्ल्याक, ग्लिटरी ह्वाइट र लाइम ग्रिन रंगका विकल्पमा पाउन सकिन्छ।
फोनमा ६.६७ इन्चको डिस्प्ले रहेको । जसले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्दछ। डिस्प्लेको रिजोल्युसन २ सय ६३ पीपीआई रहेको छ। भने ब्राइटनेस ४ सय ८० निट्ससम्म पुग्छ।
यो फोन फ्ल्याट बडी डिजाइनमा निर्माण गरिएको छ। क्यामेराको कुरा गर्दा फोनमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सलको मुख्य क्यामेरा छ। फ्रन्ट क्यामेरामा डुअल कलर टेम्प्रेचर फ्ल्याश, एआई क्याम, ब्युटी मोड, पोट्रेट, टाइम ल्याप्स, डुअल भिडियो रेकर्डिङ र १ हजार ८० पी भिडियो रेकर्डिङजस्ता फिचर उपलब्ध छन्। मुख्य क्यामेराले फोर एक्स डिजिटल जुम र शर्ट भिडियो फिचर पनि प्रदान गर्दछ।
फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको। जसले १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। यसमा युनिसक टी ६ सय १५ प्रोसेसर प्रयोग गरिएको छ।
र्यामको सन्दर्भमा ग्राहकले ३ जीबी वा ४ जीबीको विकल्प छान्न सक्छन्। ४ जीबी र्याम भेरियन्टमा ६४ जीबी वा १२८ जीबी इन्टर्नल स्टोरेजको विकल्प छ।
तीन भेरियन्टमध्ये ३ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ राखिएको छ। त्यस्तै ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य १२ हजार ६ सय ९० रुपैयाँ र ४ जीबी र्याम र १ सय २८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य १३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।



