काठमाडौँ: वर्ष २०२४ भारतीय शेयर बजारका लागि विशेष रहने अपेक्षा गरिएको छ। जहाँ ठूला कम्पनीका आइपीओहरूले लगानीकर्तालाई राम्रो कमाई गराइरहेका छन्। अब भारतको इतिहासको सबैभन्दा ठूलो आइपीओ लन्चको तयारीमा छ। यस वर्षको दीपावलीअघि हुन्डाई मोटर्स इन्डियाको आइपीओ ल्याउने योजना बनाइएको छ। जसको आकार लगभग २५ हजार करोड रुपैयाँ हुनेछ।
पीटीआईको रिपोर्टअनुसार, हुन्डाई मोटर इन्डियाले अक्टोबर १४ मा दीपावलीअघि आफ्नो आइपीओ लन्च गर्ने तयारी गरिरहेको छ। भारतमा दीपावली पर्व २९ अक्टोबरदेखि ३ नोभेम्बरसम्म मनाइनेछ।
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको भारतीय युनिट हुन्डाई मोटर्स इन्डियाले आइपीओ सार्वजनिक गर्दा एलआईसीको हालसम्मको रेकर्ड तोड्नेछ। एलआईसीको आइपीओको आकार २१ हजार करोड रुपैयाँ रहेको। जुन अब तोडिनेछ। हुन्डाईको आइपीओको आकार एलआईसीको भन्दा ४ हजार करोड रुपैयाँ बढी हुनेछ।
कम्पनीले गत जुनमा ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) दायर गरेको थियो। जसमा १४ करोड २१ लाख ९४ हजार ७ सय शेयर बिक्रीको प्रस्ताव गरिएको थियो।
सेबीमा पेस गरिएको डीआरएचपीअनुसार, हुन्डाई मोटरले नयाँ शेयर जारी गर्न छैन। यो कम्पनीले आफ्नो पूर्ण स्वामित्वको युनिटको केही अंश खुद्रा र अन्य लगानीकर्तालाई ‘अफर फर सेल’ मार्फत बिक्री गर्नेछ। यसअन्तर्गत संस्थापकले १० रुपैयाँ अंकित मूल्यमा शेयर बिक्री गर्नेछन्।



