काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको आज नियुक्ति र शपथ ग्रहण समारोह सम्पन्न हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। यो कार्यक्रम दिउँसो १:३० बजेका लागि तय गरिएको छ।
राउत अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास प्राप्त गरेपछि प्रधानन्यायाधीशको पदमा आएका हुन्। संवैधानिक परिषदले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थिय। जसलाई संसदीय सुनुवाइ समितिले १६ असोजमा अनुमोदन गर्यो।
राउतले करिब साढे एक वर्षको कार्यकालका लागि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।



