२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

असहज मौसमको प्रभाव, हाललाई बीमा सम्मेलन स्थगित

images

  • २०८१ असोज २०, आइतबार
  • 1.6K
    SHARES
  • असहज मौसमको प्रभाव, हाललाई बीमा सम्मेलन  स्थगित

    काठमाडौँ : नेपाल बीमा प्राधिकरणले असोज दोस्रो सातामा आयोजना गर्न लागेको तीन दिवसीय अन्तर्राष्ट्रिय बीमा सम्मेलन स्थगित गरेको छ। एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरी (AFIR) को वार्षिक बैठक तथा सम्मेलन असोज २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो। हाललाई स्थगित गरिएको छ।

    नेपालका विभिन्न स्थानमा हालैको अविरल वर्षाका कारण उत्पन्न बाढी तथा पहिरोको असहज परिस्थितिलाई मध्यनजर गर्दै AFIR को सचिवालयले कार्यक्रमहरू स्थगित गर्न अनुरोध गरेको थियो। विदेशी सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै सचिवालयसँगको समन्वयमा कार्यक्रम स्थगनको निर्णय गरिएको बीमा प्राधिकरणले जानकारी दिएको छ।

    यद्यपि असोज २३ का लागि तय गरिएको AFIR को वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट तय गरिएको मितिमा नै सञ्चालन हुनेछ। बैठक तथा सम्मेलनको नयाँ मिति सचिवालयसँगको समन्वयपछि जानकारी गराइने प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ