काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उहाँले दसैंको पूर्वसन्ध्यामा राजीनामा दिएको र तत्काल स्वीकृत गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार, न्यौपानेले पार्टीमा सक्रिय राजनीति गर्ने इच्छाको कारणले राजीनामा दिएका हुन्। प्रवक्ता झाले भने “हाम्रो पार्टीको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन।
उहाँले पार्टी भित्र सक्रिय राजनीति गर्ने सोच राखेर राजीनामा दिनुभएको हो। उहाँले ६ महिनाको कुलिङ पिरियडपछि अर्को जिम्मेवारीमा काम गर्नु हुनेछ।”



