२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ओली, देउवा, प्रचण्डको बैठक : शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.7K
    SHARES
  • ओली, देउवा, प्रचण्डको  बैठक :  शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक महत्वपूर्ण छलफल भएको छ।

    बैठकमा गृह मन्त्रालयका प्रतिनिधि रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश वडालको पनि सहभागिता रहेको छ।

    छलफलको प्रमुख उद्देश्य शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगको गठनका बारेमा केन्द्रित रहेको बताइएको छ।

    यस्तो छलफल आवश्यक भएको कारण गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो। जसलाई प्रभावकारी बनाउन थप कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ