२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एआई उपकरणको भविष्य: गोपनीयता, नैतिकता र कानुनी जिम्मेवारी

images

  • २०८१ कात्तिक ३, शनिबार
  • 1.2K
    SHARES
  • एआई उपकरणको भविष्य: गोपनीयता, नैतिकता र कानुनी जिम्मेवारी

    काठमाडौँ : हालको प्रविधि युगमा, स्मार्ट उपकरणहरू निकै तीव्र गतिमा विकसित हुँदै गएका छन्। प्रमुख प्रविधि कम्पनीहरू जस्तै एप्पल, माइक्रोसफ्ट, गुगलले कृत्रिम बुद्धिमत्ता (एआई) मा ठूलो लगानी गरेका छन्। एआई उपकरणहरूले जन्मदिन सम्झाउने देखि, फोटो सम्पादन गर्ने, स्वास्थ्य सल्लाह दिने, मनपर्ने संगीत चयन गर्ने, स्पाम कल पत्ता लगाउनेसम्मका काम गर्छन्। यी सुविधाहरू निकै उपयोगी र आकर्षक छन्। तर तिनीहरूको सञ्चालनका लागि प्रयोगकर्ताको व्यक्तिगत जानकारी चाहिन्छ।

    एआई उपकरणहरूले प्रयोगकर्ताको व्यक्तिगत डाटा प्रयोग गरेर सेवा उपलब्ध गराउँछन्। उदाहरणका लागि तपाईंको फोनले तपाईंको सम्पर्क, लोकेसन वा सन्देशहरूको विश्लेषण गरेर सेवाहरू प्रदान गर्न सक्छ। यस्ता उपकरणहरूले हाम्रो गोपनीयतामा गहिरो असर पार्न सक्छन्। किनकि तिनीहरू व्यक्तिगत जानकारी क्लाउडमा पठाउँछन् जहाँ तेस्रो पक्षले पनि ती डाटामा पहुँच पाउन सक्छ।

    विभिन्न कम्पनीहरूले एआई सेवाहरू सुधार गर्न अर्बौं लगानी गरिसकेका छन्। यद्यपि गोपनीयता र सुरक्षा जोखिमहरू पनि उस्तै उच्च छन्। उपकरणहरू जति स्मार्ट बन्दै गएका छन्। ती उपकरणमा आधारित गोपनीयता जोखिमहरू पनि बढिरहेका छन्। हामीले एआई उपकरणहरू प्रयोग गर्दा आफ्नो डाटा सुरक्षित छ कि छैन भनेर बुझ्न आवश्यक छ।

    एआई उपकरणहरूको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु:-  

    १) गोपनीयता र डाटा सुरक्षा:
    एआईले प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन गर्न सक्छ। त्यसैले एआईको गोपनीयता नीति राम्ररी बुझेर मात्र डाटा सेयर गर्नुपर्छ।

    २) नैतिकता र जवाफदेहिता:
    एआई प्रयोगले कुनै निर्णय गलत हुँदा को जिम्मेवार हुने भन्ने कुरा स्पष्ट हुनुपर्छ।

    ३) तथ्याङ्क र पूर्वाग्रह:
    एआईले गलत डाटामा आधारित निर्णय लिन सक्छ। त्यसैले प्रयोगकर्ताले सावधानी अपनाउनुपर्छ।

    ४) कानुनी व्यवस्था:
    प्रयोगकर्ताले आफ्नो देशका एआईसम्बन्धी नियमहरू बुझेर मात्र एआई उपकरणहरूको प्रयोग गर्नुपर्छ।

    ५) सामाजिक र सांस्कृतिक प्रभाव:
    स्थानीय संस्कृतिलाई ध्यानमा राखेर एआईको प्रयोग गर्नु पर्छ।

    ६) प्रयोगकर्ताको शिक्षा:
    एआईको सही उपयोगका लागि प्रयोगकर्ताले आवश्यक तालिम लिने र बुझ्न आवश्यक छ।

    यसरी एआईले हाम्रो जीवनलाई सहज र सरल बनाइरहेको भए पनि हामीले सावधानीपूर्वक यसको प्रयोग गर्नुपर्ने हुन्छ। गोपनीयता, नैतिकता र कानुनी जिम्मेवारीको ख्याल राखेर मात्रै एआई उपकरणको प्रभावकारी र सुरक्षित उपयोग गर्न सकिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ