काठमाडौँ: इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमासको आन्दोलन जीवित रहेको बताएका छन्। खमेनीले सिनवारको मृत्यु पीडादायी भएको स्वीकार गरे पनि यो घटना हमासको अन्त्य नहुने उल्लेख गरे। उनले भने "सिनवार प्रतिरोध र संघर्षको प्रतीक थिए। जो क्रूर शत्रुहरूको सामना गर्न दृढताका साथ उभिन्थे।"
सिनवारलाई अक्टोबर ७, २०२३ मा सुरु भएको हमासको आक्रमणको मुख्य रणनीतिकार मानिएको थियो। खमेनीले भने "सिनवारले यस संघर्षमा महत्वपूर्ण भूमिका निभाए। उनको शहादतले हाम्रो आन्दोलनलाई अझ सशक्त बनाउनेछ।" उनले इरानको विदेश नीतिको केन्द्रमा प्यालेस्टिनी उद्देश्य रहेको पनि दोहोर्याए। इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि इजरायललाई आफ्नो कट्टर शत्रु मान्दै आएको छ।
स्रोतका अनुसार लामो समयदेखि छायाँमा रहेका सिनवारले गत जुलाईमा हमासको नेतृत्व सम्हालेका थिए। जब तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्या भएको थियो। इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाएको भए पनि इजरायलले यसबारे कुनै जिम्मेवारी लिएको छैन।



