२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पोखरामा निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी भेला निषेध

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 1.6K
    SHARES
  • पोखरामा निषेधित क्षेत्र घोषणा, पाँच जनाभन्दा बढी भेला निषेध

    काठमाडौँ : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सहकारी ठगी र संगठित अपराध आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा उनको विरोधमा रास्वपाले प्रदर्शन जारी राखेको छ। साथै सहकारी पीडितहरूले पनि प्रदर्शन गर्दै आएका छन्। दुई पक्षबीच सम्भावित झडप रोक्न प्रशासनले निषेधित क्षेत्र तोक्ने निर्णय गरेको हो।

    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि शान्ति सुरक्षा कायम राख्न पोखरामा निषेधाज्ञा जारी गरेको जानकारी दिएका छन्।

    निषेधित क्षेत्रको पूर्व सिमाना वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म फैलिएको छ। त्यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पनि निषेधित क्षेत्र लागू गरिएको छ। प्रशासनको आदेश अनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढीको समूहमा भेला हुन अनुमति छैन। 

    940x380-IMG(27)-1729405032.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ