२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्ने अनुमति

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 2.4K
    SHARES
  • पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्ने अनुमति

    काठमाडौं : सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिनका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    उनी पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका छन्। जिल्ला अदालत कास्कीमा आज पेश भएका लामिछानेलाई थप अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न म्याद दिइएको हो।

    लामिछानेलाई शुक्रबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी सोही राति पोखरा लगिएको थियो। सार्वजनिक बिदाका कारण शनिबार अदालतमा पेश हुन नसकेपछि उनलाई आज मात्र अदालतमा उपस्थित गराइएको हो।

    लामिछानेलाई अदालतमा पेश गर्नु अघि पोखराको सहिदचोकमा उनका समर्थकहरू ठूलो संख्यामा जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडितहरू उपस्थित भएका थिए।

    जिल्ला प्रशासन कार्यालयले सम्भावित अशान्ति रोक्न सहिदचोक आसपास अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका समर्थक र सहकारी पीडितहरूबीच केही तनाव उत्पन्न भएको थियो। प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ