२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकारद्वारा दल विभाजनको अध्यादेश ल्याउन छलफल तीव्र

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.5K
    SHARES
  • सरकारद्वारा दल विभाजनको अध्यादेश ल्याउन छलफल तीव्र

    काठमाडौँ : सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार आइतबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस र एमाले नेताहरूको बैठकमा यस विषयमा सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएका छन्।

    विशेषगरी नेकपा एकीकृत समाजवादी विभाजन गर्न लक्षित अध्यादेशको तयारी भएको छ। स्रोतले बताएको छ कि एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरू एमालेमा जान इच्छुक छन्। एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूहरू अब पार्टीमा नरहने कुरा पक्का भएको जानकारी दिएका छन्।

    यसैबीच कांग्रेस सभापति देउवाले एमाले विभाजनको पक्षमा नरहेको र ओलीलाई अप्ठ्यारोमा पार्न नचाहेको बताएको स्रोतले जनाएको छ। यो विषयमा कानुनविद् गोविन्द बन्दीले शुक्रबार देउवालाई भेट्न खोजेका थिए। तर बन्दीले भने उक्त भेटको इन्कार गरेका छन्।

    बैठकमा एमालेका विष्णु पौडेल, शंकर पोखरेल, कांग्रेसका रमेश लेखक, गगन थापा लगायत नेताहरू सहभागी थिए। प्रधानमन्त्री ओलीले आजैका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्। तर उक्त बैठकमा अध्यादेशको प्रस्ताव आउने वा नआउने निश्चित नभएको जानकारी प्राप्त भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ