२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बुटवलको डिजिटल बोर्ड ह्याक: अश्लील सन्देशले चोकमा हंगामा

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.3K
    SHARES
  • बुटवलको डिजिटल बोर्ड ह्याक: अश्लील सन्देशले चोकमा हंगामा

    काठमाडौं : बुटवल उपमहानगरपालिकाको योगीकुटी चोकमा राखिएको एक डिजिटल बोर्ड ह्याक भएको छ। स्थानीय क्लबले यात्रुहरूलाई स्वागत गर्न राखेको सो बोर्डलाई ह्याकरहरूले ह्याक गरी अश्लील शब्दहरू समावेश गरेका छन्।

    ह्याक भएको बोर्डमा अंग्रेजीमा अश्लील शब्दहरू देखा परेको र त्यसले सामाजिक सञ्जालमा चर्चा पाएको छ। ह्याकरहरूले उक्त बोर्डमा “फ*क अल” लेखेका थिए। जसले सार्वजनिक रूपमा अस्वाभाविक दृश्य सिर्जना गर्यो। यो घटना दशैं-तिहारलाई लक्षित गर्दै १५ दिनअघि चोकमा राखिएको बोर्डमा भएको हो।

    सामाजिक सञ्जाल फेसबुक र टिकटकमा “तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ” भनेर फोटो र भिडिओहरू भाइरल भएका छन्। ट्राफिक प्रहरी बुटवलका असई मिलन सिंहले ह्याकको पुष्टि गर्दै बोर्डमा अश्लील शब्दहरू भएको बताए।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार यो बोर्ड स्थानीय क्लबले नगरपालिकाको अनुमति बिना राखेको थियो। जसको लागि हटाउने निर्देशन दिइसकेको बताइएको छ। "बोर्ड हटाउन पहल गरिनेछ" नगर प्रमुखले जानकारी दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ