२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलन मस्कको सम्पत्तिमा ऐतिहासिक उछाल: एकैदिन ३३ अर्ब डलरको वृद्धि!

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 1.0K
    SHARES
  • एलन मस्कको सम्पत्तिमा ऐतिहासिक उछाल: एकैदिन ३३ अर्ब डलरको वृद्धि!

    काठमाडौं : विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार एकैदिन ३३.५ अर्ब डलरले बढेर २ सय ७० अर्ब डलर पुगेको छ। उनको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको शेयरमूल्य २२ प्रतिशतले वृद्धि भएको छ, जसले २०१३ यता कम्पनीको एक दिनको सबैभन्दा राम्रो प्रदर्शनलाई देखाएको हो।

    यो वृद्धि टेस्लाको तेस्रो त्रैमासिक नतिजापछि भएको हो। मस्कसँग टेस्लामा १३ प्रतिशत शेयर छ। उनको कुल सम्पत्तिमा टेस्लाको योगदान करिब तीन चौथाइ रहेको छ। टेस्लाबाहेक मस्कले स्पेसएक्स, सोशल मिडिया प्लेटफर्म एक्स र एआई भेन्चर एक्सएआईमा पनि हिस्सेदारी राखेका छन्।

    यस वर्ष मस्कको सम्पत्ति ४१.२ अर्ब डलरले बढेको छ। धनी व्यक्तिहरूको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस २ सय ९ अर्ब डलरसँग दोस्रो स्थानमा छन्। मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग २ सय १ अर्ब डलरसँग तेस्रो स्थानमा छन्। यस वर्ष जुकरबर्गको सम्पत्ति ७२.९ अर्ब डलरले बढेको छ।

    यस वर्ष सबैभन्दा बढी कमाउनेमा एनभिडियाका सीईओ जेन्सन हुआङ अगाडि छन्, जसको सम्पत्ति ७८.६ अर्ब डलरले वृद्धि भएको छ। १ सय २३ अर्ब डलर सम्पत्तिसहित हुआङ धनी व्यक्तिहरूको सूचीमा ११औँ स्थानमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ