२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

त्रिविको अनलाइन कक्षामा विद्यार्थीहरूको आकर्षण: सुविधासहितको डिजिटल पढाइ

images

  • २०८१ कात्तिक ९, शुक्रबार
  • 1.3K
    SHARES
  • त्रिविको अनलाइन कक्षामा विद्यार्थीहरूको आकर्षण: सुविधासहितको डिजिटल पढाइ

    काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले घर वा कार्यस्थलबाटै कक्षा लिन मिल्ने अनलाइन कक्षा सुविधा सञ्चालन गरेपछि यसले विद्यार्थीहरूको उच्च प्राथमिकता पाउन थालेको छ। त्रिविले अनलाइन कक्षा पढ्ने विद्यार्थीहरूका लागि माइक्रोसफ्टसँगको साझेदारीमा एक टेराबाइट क्लाउड स्थान उपलब्ध गराएको छ।

    जसबाट विद्यार्थीहरूले त्रिवि केन्द्रीय पुस्तकालय, दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत विभिन्न देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतहरू प्रयोग गर्न सक्छन्।

    हाल त्रिविका शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्र जस्ता विभिन्न १५ विषय विभागहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। अहिले लगभग तीन सय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भइसकेका छन्।

    केशवराज पौडेल त्रिवि राजनीतिक शास्त्र विभागका पूर्वप्रमुखका अनुसार, अनलाइन कक्षाको डिजिटल रेकर्डिङ प्रणालीले शिक्षक-विद्यार्थी अन्तर्क्रिया सुरक्षित राखेर अध्ययनको प्रमाण प्रस्तुत गर्न सम्भव बनाएको छ। "शिक्षकले कक्षामा पढाएको कुराको अभिलेख सुरक्षित राख्न सकिने भएकाले कुनै पनि विवादको अवस्थामा प्रमाणका लागि सजिलो भएको छ।" पौडेलले भने।

    अनलाइन कक्षाबाट नियमित रूपमा गृहकार्य बुझाउनु पर्ने, आन्तरिक मूल्याङ्कनसमेत डिजिटल माध्यमबाट हुने भएकाले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परिरहेको उनले बताए।

    कोरोना महामारीका कारण सन् २०२० को सुरुमा त्रिविले पहिलोपटक अनलाइन कक्षा सञ्चालन गरेको थियो। त्यसपछि यसले शैक्षिक प्रणालीमा टाढाबाट अध्ययन गर्न सक्ने एक नयाँ विकल्पको रुपमा स्थापना पायो। अनलाइन कक्षा मार्फत विद्यार्थीहरूले पढ्न र कार्यस्थलको जिम्मेवारी एकैसाथ पूरा गर्न सक्ने भएकाले धेरैको लागि यो व्यवस्था सहज भएको छ।

    कीर्तिपुरका राजकुमार प्याकुरेलले शिक्षा शास्त्र सङ्काय अन्तर्गत समाजशास्त्रको अनलाइन कक्षा लिइरहेका छन्। उनले भने "भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने हाम्रो जस्तो अवस्थाका विद्यार्थीहरूका लागि अनलाइन कक्षा निकै उपयोगी भएको छ।"

    त्रिविको यो अनलाइन कक्षा योजना शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगको एक उदाहरण बनेको छ।

    074920247Online-Class.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ