२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त

images

  • २०८० कात्तिक १८, शनिबार
  • 776
    SHARES
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त

    कात्तिक १८, काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि भारत सरकार तयार रहेको बताउनुभएको हो। 
     
    प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँगै रहेको र आवश्यक सबै सम्भव सहयोग गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले भूकम्पमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
     
    गएरातिको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विशेष गरी जाजरकोट र रुकुमपश्चिममा एक सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक क्षति भएको छ।

    भारतका प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पको क्षतिप्रति दुःख व्यक्त

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ