२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शिक्षा मन्त्रालयको नयाँ कदम: विश्वविद्यालयका तालाबन्दी हटाउन उच्चस्तरीय आयोग गठन

images

  • २०८१ कात्तिक ११, आइतबार
  • 1.7K
    SHARES
  • शिक्षा मन्त्रालयको नयाँ कदम: विश्वविद्यालयका तालाबन्दी हटाउन उच्चस्तरीय आयोग गठन

    काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयमा हुने तालाबन्दीको समस्या अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ। बारम्बार विश्वविद्यालयहरूमा तालाबन्दी गरिँदै आएको कारण मन्त्रालयले यो कदम चालेको हो।

    शिक्षामन्त्री विद्या भट्टराईले लामो समयदेखि विश्वविद्यालयमा भइरहेको तालाबन्दीको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्न आवश्यक रहेको उल्लेख गर्दै, आयोगको गठनबाट उक्त समस्याबारे अध्ययन गर्ने बताइन्।

    हाल कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र संस्कृति विश्वविद्यालयमा तालाबन्दी जारी रहेको छ, जसको समाधान गर्नका लागि आयोगले मापदण्ड बनाउने छ।

    मन्त्री भट्टराईले विश्वविद्यालयहरूमा राजनीतिक दल वा संगठनभन्दा बाहिरका केही व्यक्तिहरूबाट असुरक्षित रहेको उल्लेख गर्दै, यस समस्याको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन्।

    उनले भने, "त्यहाँका विद्यार्थीहरू बाहिरी समूहबाट धम्क्याइएका छन्, जसका कारण शैक्षिक गतिविधिहरू प्रभावित भइरहेको छ। यस स्थिति समाधानका लागि हस्तक्षेप गर्नुपर्छ।"

    आयोगको अध्ययनपछि विश्वविद्यालयहरूमा हस्तक्षेपलाई कसरी रोक्न सकिन्छ भन्ने मापदण्ड तयार गरिनेछ। जसको आधारमा विश्वविद्यालयलाई निर्देशन दिइनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ