२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रजिस्ट्रार छनोटमा पारदर्शीताको प्रश्न: मापदण्ड गुपचुप राख्दै मध्यपश्चिम विश्वविद्यालय

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 1.3K
    SHARES
  • रजिस्ट्रार छनोटमा पारदर्शीताको प्रश्न: मापदण्ड गुपचुप राख्दै मध्यपश्चिम विश्वविद्यालय

    काठमाडौँ : मध्यपश्चिम विश्वविद्यालयमा रजिस्ट्रार छनोट प्रक्रियाको पारदर्शीतामा शंका उठेको छ। मंगलबारदेखि सुरु हुने छनोट प्रक्रियाको कार्यविधि सार्वजनिक नगरी गोप्य राखिएको छ, जसले निष्पक्षताको प्रश्न खडा गरेको छ।

    विश्वविद्यालयले पूर्व उपकुलपति प्रा.डा. यादव कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको छ, जसले १४ आवेदकमध्ये तीनको नाम उपकुलपतिलाई सिफारिस गर्नेछ। उपकुलपतिले ती नामहरू प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई सिफारिस गर्नेछन्। कुलपतिले तीमध्ये एक जनालाई रजिस्ट्रार नियुक्त गर्नेछन्।

    प्रतिस्पर्धीहरू लाई छनोट प्रक्रियामा कुनै मापदण्डको जानकारी नदिइएकोले निष्पक्षताको शंका उत्पन्न भएको छ। एक आवेदकले मापदण्डबारे जानकारी नपाउँदा प्रतिस्पर्धामा अन्योलता रहेको बताए। विश्वविद्यालयले मेरिटोक्रेसीको आधारमा रजिस्ट्रार नियुक्त गर्ने भने पनि मापदण्ड नखुलाउँदा त्यो केवल औपचारिकता जस्तो भएको उनको भनाइ छ।

    रजिस्ट्रार पदका लागि विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरू र पदाधिकारीहरू प्रतिस्पर्धामा छन्, जसमा शिक्षा संकायका डिन यामबहादुर कार्की, पाठ्यक्रम निर्देशनालयका निर्देशक वीरबहादुर पौडेल र अन्य प्रतिष्ठित आवेदकहरूको सहभागिता छ। मंगलबार र बुधबार उनीहरूले आफ्नो ‘भिजन प्लान’ प्रस्तुति दिनेछन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ