२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलन मस्क अमेरिकाको अर्थमन्त्री बन्दै? ट्रम्पको समर्थनमा नयाँ सम्भावना

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.2K
    SHARES
  • एलन मस्क अमेरिकाको अर्थमन्त्री बन्दै? ट्रम्पको समर्थनमा नयाँ सम्भावना

    काठमाडौं : विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकाको भावी अर्थमन्त्री बन्न सक्ने अनुमानले चर्चा तातेको छ। मस्कले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन जनाउँदै प्रचारमा सक्रियता देखाएका छन्। पछिल्लो समय ट्रम्पको जीतको सम्भावना बढ्दै गएको छ।

    यदि ट्रम्प राष्ट्रपति बने भने, मस्कलाई २०२५ को फेब्रुअरीमा अर्थ मन्त्रालयको जिम्मेवारी दिन सकिने विश्वास गरिएको छ। अमेरिकी बढ्दो सार्वजनिक ऋणप्रति मस्कले चासो व्यक्त गर्दै आएका छन्। उनी अर्थमन्त्री बने अमेरिकी बजेटमा कम्तीमा २ ट्रिलियन डलर बचत गर्न सक्ने आश्वासन दिएका छन्।

    न्युयोर्कमा ट्रम्पको समर्थनमा आयोजित एक र्‍यालीमा मस्कले भनेका थिए, “तपाईंहरूको पैसा बर्बाद भइरहेको छ। म अमेरिकी बजेटबाट कम्तीमा २ खर्ब डलर बचत गर्न सक्छु।”

    अमेरिका हाल ३५.७ ट्रिलियन डलरको ऋणमा रहेको छ र सरकारलाई वार्षिक १ ट्रिलियन डलरभन्दा बढी ब्याज तिर्नु परेको छ। मस्कले बढ्दो ऋणलाई आर्थिक आपतकालको संज्ञा दिँदै तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

    मस्कले ट्रम्पको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावनालाई लिएर चर्चा चुलिएको छ। ट्रम्पले र्‍यालीमा मस्कलाई सरकारी खर्च कटौतीको जिम्मेवारी दिने कुरा गरेका थिए। तर आलोचकहरूले मस्कलाई यस्तो जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व सिर्जना हुनसक्ने बताएका छन्।

    मस्कका कम्पनीहरू टेस्ला र स्पेस एक्सजस्ता बहु-सरकारी सम्झौताहरूबाट लाभान्वित हुँदै आएका छन्, जुन आर्थिक नीतिमा उनको सहभागिता हुँदा विवादको विषय बन्न सक्छ।

    यस वर्ष अमेरिकी सरकारको खर्च करिब ६.७५ ट्रिलियन डलर पुगेको छ, जसको एक तिहाइ बचत गर्ने प्रतिबद्धता मस्कले व्यक्त गरेका छन्। चुनावी अभियानमा ट्रम्पले देशको ऋण घटाउने विषयलाई प्राथमिकता दिए पनि त्यसबारे विशेष योजना भने पेस गरेका छैनन्।

    मस्कले ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई कम्तीमा १ सय ३२ मिलियन डलर सहयोग गरेका छन्। २ सय ७२ बिलियन डलर सम्पत्तिका साथ मस्क अहिले विश्वकै धनी व्यक्तिमा गनिन्छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ