काठमाडौँ : दिनभर कम्प्युटरमा काम गर्दा आफ्नो आँखाको ख्याल गर्न विशेष ध्यान दिनुपर्छ। आँखाको स्वास्थ्य र आरामका लागि तलका सुझावहरू उपयोगी छन्:
१. ब्राइटनेस मिलाउने आँखाको तनाव घटाउन आफ्नो वरिपरि कतिको उज्यालो छ भन्ने आधारमा स्क्रिनको ब्राइटनेस मिलाउनु पर्छ। यसका लागि सेटिङ्समा गएर ब्राइटनेस समायोजन गर्न सकिन्छ। साथै, Windows + A थिचेर ब्राइटनेस छिटो सेट गर्न पनि मिल्छ।
२. कर्सरको आकार र रंग परिवर्तन गर्ने
स्क्रिनमा कर्सर हराउन नदिन यसको आकार र रंग परिवर्तन गर्न सकिन्छ। यसका लागि सेटिङ्समा गएर 'एक्सेसिबिलिटी' र त्यसपछि 'माउस पोइन्टर एन्ड टच'मा क्लिक गरेर मनपर्ने रंग र आकार छान्नुहोस्।
३. टेक्स्ट र आइकनको आकार बढाउने
आँखाको तनाव घटाउन सानोतिनो टेक्स्ट र आइकनको आकार ठुलो बनाउन सकिन्छ। सेटिङ्समा गएर 'सिस्टम' अनि 'डिस्प्ले'मा क्लिक गरी स्केल सेटिंग्समार्फत आकार समायोजन गर्न सकिन्छ।
४. डार्क मोड प्रयोग गर्ने
डार्क मोडले स्क्रिनको उज्यालोपन घटाउँछ, जसले आँखामा कम थकान पुर्याउँछ। सेटिङ्समा गएर 'पर्सनलाइजेसन' अनि 'कलर्स'मा क्लिक गरी डार्क मोड चयन गर्न सकिन्छ।
५. नाइट लाइट अन गर्ने
ब्लु लाइट कम गर्न नाइट लाइट अन गर्नुपर्छ, यसले आँखा र निद्रामा सकारात्मक प्रभाव दिन्छ। सेटिङ्समा गएर 'सिस्टम' र 'डिस्प्ले'मा क्लिक गरी नाइट लाइट टोगल गर्न सकिन्छ।
६. कलर फिल्टर प्रयोग गर्ने
कलर ब्लाइन्डनेस भएका व्यक्तिहरूका लागि कलर फिल्टर फिचर उपयोगी हुन्छ। सेटिङ्समा गएर 'एक्सेसिबिलिटी' अनि 'कलर फिल्टर'मा गएर आफूलाई उपयुक्त फिल्टर छनोट गर्न सकिन्छ।
७. कन्ट्रास्ट थिम प्रयोग गर्ने
स्क्रिनको कन्ट्रास्ट बढाउन कन्ट्रास्ट थिम प्रयोग गर्न सकिन्छ, जसले स्क्रिनमा विवरणहरू देख्न सजिलो बनाउँछ। सेटिङ्समा गएर 'एक्सेसिबिलिटी'मा 'कन्ट्रास्ट थिम'मा क्लिक गरेर मनपर्ने थिम चयन गर्न सकिन्छ।
यी विधिहरूले आँखाको स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छन्, जसले लामो समयसम्म कम्प्युटर प्रयोग गर्दा आँखा थकान र असहजता कम गर्छ।



