२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२३ वर्षीय कर्णले मोबाइल एपमार्फत करोडौको आम्दानी गर्दै अन्तर्राष्ट्रिय बजारमा छाए

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.1K
    SHARES
  • २३ वर्षीय कर्णले मोबाइल एपमार्फत करोडौको आम्दानी गर्दै अन्तर्राष्ट्रिय बजारमा छाए

    काठमाडौं : नेपाली डेभलपर कर्णबहादुर बुढा क्षेत्रीले दुई मोबाइल एप बिक्री गरी एक वर्षमै करिब १ करोड २३ लाख रुपैयाँ आम्दानी गरेका छन्। बर्दिया बाँसगढी-५ निवासी २३ वर्षीय कर्णले पछिल्लो पटक ५२ लाख ८६ हजार रुपैयाँमा आफ्नो नयाँ एन्ड्रोइड एप इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई बिक्री गरेका हुन्।

    कर्णले गोपनीयताका कारण यो एपको नाम खुलाउन चाहेनन्। तर, उनले बताएअनुसार उक्त एप पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ र यो 'भनाइ' (quotes)सँग सम्बन्धित छ। कम्पनीले एपबाट भइरहेको आम्दानी र डाउनलोड संख्याका आधारमा यो एप खरिद गरेको हो।

    यसअघि मंसिर २०८० मा कर्णले सोही कम्पनीलाई ७० लाख रुपैयाँमा 'पिक अप लाइन्स - फ्लर्ट मेसेजेज' (Pickup Lines - Flirt Messages) नामक एप बिक्री गरेका थिए। यी दुई एप बिक्रीबाट कर्णले एक वर्षभित्र कुल १ करोड २३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

    ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका कर्णले आफ्नो फुर्सदको समयलाई एप डेभलपमेन्टमा खर्च गर्दै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ