२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाँदरको उपद्रोका कारण कृषकको आकर्षण कफीखेतीतर्फ

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.1K
    SHARES
  • बाँदरको उपद्रोका कारण कृषकको आकर्षण कफीखेतीतर्फ

    काठमाडौँ : शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोकका कृषकले हरेक वर्ष बाँदरले अन्नबालीमा क्षति पुर्याएपछि कफीखेतीतर्फ आकर्षण बढाएका छन्। बाँदरको क्षतिबाट जोगिन र स्थानीय स्तरमा आयआर्जन बढाउने उद्देश्यले स्थानीय कृषि सहकारी संस्थाले कफीको नर्सरी स्थापना गरेको छ।

    सहकारीका अध्यक्ष मनराज गुरुङका अनुसार शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा हाल १० हजार कफीका बिरुवा उत्पादन भइरहेको छ।

    युवा पुस्तामा कफीप्रतिको रुचि बढ्दै गएकाले यहाँको माग पूरा गर्न कफी उत्पादनलाई प्राथमिकता दिएको गुरुङले बताए। “यहाँका कृषकलाई कफीखेतीको नयाँ सम्भावना देखाउँदै बिरुवा वितरण गरिरहेका छौ।” उनले भने। सहकारीले किसानले उत्पादन गरेको कफीलाई बजारीकरणको व्यवस्थासमेत गरिदिने गुरुङले जानकारी दिए। “कफी उत्पादनमा लाग्न चाहने किसानलाई बिक्रीको चिन्ता लिनु नपरोस् भनेर सहकारीमार्फत बजार व्यवस्थापन गर्छौं।” उनले थपे।

    शुक्लागण्डकी नगरपालिकाको कृषि शाखा प्रमुख नवराज पण्डितका अनुसार बाँझो रहेका जमिनको सदुपयोग गर्दै बसाइसराइ रोक्ने र स्थानीय आयस्रोत बढाउने उद्देश्यले यो अभियान थालिएको हो। “यहाँको उचाइको पाखो जमिन कफीखेतीका लागि उपयुक्त रहेको छ।” पण्डितले भने, “युवाको कफीप्रतिको आकर्षणलाई स्थानीय उत्पादनमार्फत सम्बोधन गर्न सकिन्छ।”

    नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेकोमा यस वर्ष १० हजार बिरुवा वितरणको योजना बनाएको छ। कफीखेतीको सफलतासँगै बाँझो जमिनमा उत्पादन बढाउने र बाँदरको समस्याबाट राहत दिने उद्देश्यले आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने तयारी भइरहेको पण्डितले जनाएका छन्।

    कृषकहरूलाई कफीखेतीतर्फ आकर्षण गराउन यो अभियानले थप उत्साह प्रदान गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ