काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पाँच दिन म्याद थप गरेको छ। मंगलबार न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप पाँच दिनको म्याद दिएको हो।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार कात्तिक १५ गते सकिएको दोस्रो म्यादपछि अब उनी कार्तिक २५ गतेसम्म हिरासतमा बस्नुपर्नेछ।
यसअघि, लामिछानेमाथि पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद लिएर अनुसन्धान गरिएको थियो। कार्तिक २ गते बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेपछि पार्टीले उनको समर्थनमा सडक आन्दोलन जारी राखेको छ।



