२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रहरीबाट कृषिमा फड्को: भुइँकटहर खेतीबाट वार्षिक १५ लाख आम्दानी

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.3K
    SHARES
  • प्रहरीबाट कृषिमा फड्को: भुइँकटहर खेतीबाट वार्षिक १५ लाख आम्दानी

    काठमाडौँ : बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि विदेश जाने सोच बनाएका थिए। तर, विदेशमा गर्ने दुःख यहाँकै जमिनमा गरे केही उपलब्धि हासिल हुन्छ भन्ने सोचले कृषि क्षेत्रमा लाग्ने निर्णय गरे। अहिले उनी आफ्नो त्यो निर्णय सही भएको महसुस गर्छन्।

    प्रहरी सेवाबाट अवकाश लिएपछि विष्टले भुइँकटहर खेती सुरु गरे। हाल उनले करिब एक विघा जमिनमा भुइँकटहर लगाएका छन्, जसबाट वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको बताउँछन्। वार्षिक रु एक लाखको खर्च कटाउँदा पनि रु १४ लाख सजिलै बचाउन सकिन्छ, भन्छन् उनी।

    उनका अनुसार भुइँकटहरको बजार माग उच्च छ। यसलाई प्रतिगोटा रु १०० देखि रु १५० सम्ममा बिक्री गर्न सकिन्छ। कतिपय व्यापारीहरु खेतमै आइपुग्ने गरेको बताउँदै उनले यस खेतीमा थप विरुवा पनि लगाइरहेको बताए।

    सुनसरीको बराहक्षेत्र क्षेत्रमा भुइँकटहर खेती गर्ने किसानहरु सीमित भएका कारण बजारमा प्रतिस्पर्धा कम रहेको विष्टको भनाइ छ। उनले भुइँकटहरका विरुवा बिक्रीबाट मात्रै पनि वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन्। एक विरुवा रु १० देखि रु २० सम्ममा बिक्री हुने बताउँदै, उनको भुइँकटहर परियोजनामा स्थानीय नगरपालिकाले रु ७७ हजार अनुदान समेत प्रदान गरेको छ।

    भुइँकटहर खेतीमा एकपटक गोडमेल गरेपछि वर्षभरि कम मेहनतमा राम्रो आम्दानी लिन सकिने हुँदा विष्टलाई आफ्नै ठाउँमा कृषि व्यवसाय गर्न पाएकोमा खुसी छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ