२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्थानीय गाईको संरक्षणमा भरतपुरमा एक करोडको अक्षयकोष

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.2K
    SHARES
  • स्थानीय गाईको संरक्षणमा भरतपुरमा एक करोडको अक्षयकोष

    काठमाडौँ : भरतपुर महानगरपालिका-१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षणको लागि रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ।

    केन्द्रका संयोजक नवराज ढकालले २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको र योगी नरहरिनाथबाट सुरु भएको यो अभियानलाई निरन्तरता दिइएको बताएका छन्।

    यो अक्षयकोषका लागि रु ११ हजार एक सयको आजीवन सदस्यता र रु एक लाख एक हजारको संरक्षक सदस्यताको योजना बनाइएको छ। हालसम्म पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य रहेका छन्।

    विसं २०७४ बाट सुरु गरिएको कोषमा हालसम्म रु १० करोड जम्मा गर्ने लक्ष्य राखिएको छ भने यो तिहारमा मात्र रु १८ लाखभन्दा बढी रकम संकलन भएको ढकालले जानकारी दिए।

    गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ र तिनको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न अक्षयकोष स्थापना गरिएको हो। केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले गाई संरक्षणको दीर्घकालीन योजना अनुरूप यो कोषको अवधारणा ल्याइएको बताए।

    योगी नरहरिनाथले लोपोन्मुख अवस्थामा रहेका स्थानीय जातका गाईको संरक्षण गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरेका थिए। केन्द्रले गोबर, गहुँतजस्ता उत्पादनको बिक्रीसमेत गरिरहेको छ भने विभिन्न दाताले पराल, चोकर आदिमा सहयोग गर्दै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ