२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौं महानगरद्वारा माइतीघरको नाम फेर्ने तयारी

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 4.7K
    SHARES
  • काठमाडौं महानगरद्वारा माइतीघरको नाम फेर्ने तयारी

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सांस्कृतिक महत्व झल्काउने ऐतिहासिक नाम ‘फिब्वः ख्यः’लाई माइतीघरको आधिकारिक नामका रूपमा पुनःस्थापना गर्ने तयारी गरेको छ। यो अभियानले महानगर क्षेत्रका मौलिक नामहरूलाई पुनर्स्थापना गर्न सहयोग पुर्‍याउने बताइएको छ।

    “स्थान नाम परियोजनाअन्तर्गत महानगरभित्रका सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका मौलिक नामहरू पुनःस्थापना गर्ने तयारी गरिएको छ।” मेयर बालेन शाहका मिडिया संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए।

    माइतीघरको नामको इतिहासबारे जानकारी दिँदै, उनले भने, “यो ठाउँलाई माइतीघर भन्नुमा त्यहाँ फिल्म निर्माणको कार्यालयको नामबाट आएको हो। २०५७ सालमा आयोजित ११औं सार्क शिखर सम्मेलनका लागि यस क्षेत्रमा मण्डला बनाइएको थियो।” तत्कालीन मेयर केशव स्थापितको पहलमा साना टहरा हटाएर मण्डला निर्माण गरिएको थियो।

    maitighar-(4)-1730881005.jpg

    उपत्यकाका नेवार समुदायमा भने माइतीघर मण्डलालाई ‘फिब्वः ख्यः’ भन्ने गरिन्छ। यो नाम त्यहाँ पहिले रहेको बालुवाको ढिस्कालाई जनाउने शब्द ‘फिब्व’ र चौरलाई जनाउने ‘ख्यः’ को संयोजनबाट आएको हो।

    भद्रकालीस्थित सेनाको ब्यारेक नजिकै रहेको ‘फिब्वः अजिमा’को मन्दिर पनि यही क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिएको छ।

    महानगरले अब माइतीघर क्षेत्रमा फिब्वः अजिमाको चित्र पनि बनाउने जनाएको छ। यो चित्र सडक पर्खालमा बनाइनेछ, जसले यो स्थानको सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ