२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ट्रम्पको विजयसँगै बिटक्वाइनमा कीर्तिमानी उचाइ: एकैदिनमा ६ हजार डलरले मूल्य वृद्धि

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 2.3K
    SHARES
  • ट्रम्पको विजयसँगै बिटक्वाइनमा कीर्तिमानी उचाइ: एकैदिनमा ६ हजार डलरले मूल्य वृद्धि

    काठमाडौँ : अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति चुनिएपछि भर्चुअल मुद्रा बिटक्वाइनको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ। चुनावी अभियानकै बेला बिटक्वाइनको मूल्यमा बृद्धि सुरु भएको थियो।

    ट्रम्पको विजयी घोषणासँगै यसले अझ उचाइ छोयो। अहिले एक बिटक्वाइनको मूल्य ७३ हजार ५ सय अमेरिकी डलरभन्दा माथि पुगेको छ, जब कि हिजो नोभेम्बर ५ मा यसको मूल्य ६७ हजार ६ सय डलरको आसपास थियो।

    ट्रम्पको विजयको घोषणासँगै बिटक्वाइनको मूल्य एकै दिनमा करिब ७३ हजार डलरबाट ७४ हजार डलरभन्दा माथि पुगेको थियो। अहिले भने यो सन्तुलित भई करिब साढे ७३ हजार डलरमा स्थिर भएको छ।

    बिटक्वाइनको मूल्य किन बढ्दै छ?

    ट्रम्पले आफ्नो चुनावी अभियानमा राष्ट्रपतिमा पुनः निर्वाचित भएमा अमेरिकालाई विश्वको "क्रिप्टोकरेन्सीको राजधानी" बनाउने योजनाको घोषणा गरेका थिए। उनले बिटक्वाइन मात्र नभई सम्पूर्ण क्रिप्टोकरेन्सीलाई बढावा दिने योजनाका कारण यसमा लगानी बढेको देखिन्छ।

    यस घोषणाको कारण एकै दिनमा बिटक्वाइनको मूल्य ६ हजार डलरभन्दा बढीले उकालो लागेको छ, जुन हालसम्मकै कीर्तिमानी मूल्य हो। यसअघि २०२३ को मार्च महिनामा ७३ हजार ७ सय ९७ डलरको मूल्यलाई समेत यो नयाँ बिन्दुले उछिनेको छ।

    ट्रम्पको अभियानमा बिटक्वाइनप्रेमी एलन मस्कको संलग्नता पनि मूल्य वृद्धि गर्ने अर्को कारण बनेको छ। मस्कले अघिल्लोपटक बिटक्वाइनबाट टेस्ला किन्न पाउने घोषणा गरेपछि यसको मूल्य बढ्न थालेको थियो। मस्कको सहभागिताले बिटक्वाइनमा लगानीकर्ताहरूलाई थप आशावादी बनाएको छ, जसले भावी दिनमा मूल्य बढ्न सक्ने अपेक्षा गरिएको छ।

    साथै, ट्रम्पको विजयपछि मस्कलाई अर्थमन्त्री वा आर्थिक सल्लाहकारको भूमिकामा ल्याउने हल्लाले पनि लगानीमा सकारात्मक प्रभाव परेको छ।

    यस कारण, बिटक्वाइनको मूल्य यसरी निरन्तर बढ्दै कीर्तिमानी बिन्दुमा पुगेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ