२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अमेरिकाको नेतृत्वमा दोहोरिए ट्रम्प, सम्पत्तिको विशाल साम्राज्य

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 1.6K
    SHARES
  • अमेरिकाको नेतृत्वमा दोहोरिए ट्रम्प, सम्पत्तिको विशाल साम्राज्य

    काठमाडौँ : अमेरिकाका अर्बपति व्यापारी डोनाल्ड जोन ट्रम्प तेस्रो पटकको प्रयासमा अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। योसँगै उनी अमेरिकाको १ सय ३२ वर्ष पुरानो इतिहासमा दुई कार्यकाल पूरा गर्ने तेस्रो व्यक्ति बनेका छन्।

    यसअघि ट्रम्प २०१६ मा अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित भएका थिए तर २०२० मा डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। यसपटक ट्रम्पले डेमोक्र्याटकी महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै पुनः राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    ट्रम्पको सम्पत्ति कति छ?

    ट्रम्प व्यवसायको क्षेत्रमा अर्बपति र चर्चित नाम हुन्। विश्व प्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार, अक्टोबर २०२४ सम्म ट्रम्पसँग करिब ६.६ बिलियन अमेरिकी डलरको सम्पत्ति रहेको छ।

    बुबाको व्यवसायबाट सुरु गरेका ट्रम्पले पछि ट्रम्प अर्गनाइजेसन स्थापना गरे। यस्तै, मिडिया क्षेत्रमा पनि उनको ठूलो लगानी रहेको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल समेत उनकै स्वामित्वमा छ।

    थप रूपमा, उनले गल्फ कोर्स, ट्रम्प युनिभर्सिटी र एसीएन इंक नामक टेलिकम्युनिकेसन कम्पनीजस्ता विभिन्न व्यवसायमा पनि लगानी गरेका छन्।

    ट्रम्प डोनाल्ड जे ट्रम्प फाउन्डेसन को सञ्चालकको रूपमा पनि कार्यरत छन् र ब्राण्डिङ, शेयर बजार, बन्ड्स तथा लगानी कोषहरूमा पनि सक्रिय रूपमा संलग्न छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ