२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विश्वकै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बन्यो आइफोन १५!

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 2.5K
    SHARES
  • विश्वकै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बन्यो आइफोन १५!

    काठमाडौं : एप्पल कम्पनीको आइफोन १५ ले नयाँ रेकर्ड बनाएको छ।
    सन् २०२४ को तेस्रो त्रैमासमा आइफोन १५ विश्वकै सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको छ। काउन्टप्वइन्ट रिसर्चको रिपोर्टअनुसार, बेस्ट सेलिङ स्मार्टफोनको शीर्ष १० सूचीमा सामसङ र शाओमीका मोडेलहरू पनि पर्न सफल भएका छन्।

    आइफोन १५ पहिलो यस्ता मोडेलहरूमा पर्दछ, जसमा यूएसबी-सी पोर्ट प्रयोग गरिएको छ।
    शीर्ष १० मा एप्पल र सामसङको वर्चश्व देखिएको छ। सूचीको पहिलो स्थानमा आइफोन १५, दोस्रोमा आइफोन १५ प्रो म्याक्स र तेस्रोमा आइफोन १५ प्रो रहेका छन्।

    सामसङको ग्यालेक्सी ए १५ फोजी र ए १५ फाइभजीले क्रमशः चौथो र पाँचौँ स्थान ओगटेका छन्।
    शाओमीको रेडमी १३ सी फाइभजी नवौँ स्थानमा पर्न सफल भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ