२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ट्रम्पको जितले विश्वका शीर्ष १० धनाढ्यको सम्पत्तिमा ६४ अर्ब डलरको अभिवृद्धि

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 1.9K
    SHARES
  • ट्रम्पको जितले विश्वका शीर्ष १० धनाढ्यको सम्पत्तिमा ६४ अर्ब डलरको अभिवृद्धि

    काठमाडौं : डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्। हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पको जितपछि अमेरिकाको शेयर बजारमा ठूलो उछाल आएको छ। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार विश्वका शीर्ष १० धनी व्यक्तिहरुको सम्पत्तिमा अभूतपूर्व वृद्धि देखिएको छ, जसमा कुल ६४ अर्ब डलरको बृद्धि भएको छ।

    विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क सबैभन्दा बढी लाभान्वित भएका थिए। बुधबार उनका सम्पत्ति २६.५ अर्ब डलरले बढेर २ सय ९० अर्ब डलर पुगेको छ। मस्क, जो टेस्ला र स्पेसएक्स लगायतका कम्पनीहरूको मालिक हुन्। ट्रम्पको पक्षमा प्रचार गर्दै आएको थिए र उनले ट्रम्पको पार्टीलाई ११ करोड ९० लाख डलर पनि दान गरेका छन्।

    अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति ७.१४ अर्ब डलरले बढेर २ सय २८ अर्ब डलर पुगेको छ। बेजोसले वासिंगटन पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसको समर्थन रोक्ने आफ्नो निर्णयको बचाउ गरेका थिए।

    विश्वका तेस्रो धनी व्यक्ति मार्क जुकरबर्गको सम्पत्ति भने ८ करोड ९ लाख डलरले घटेको छ, जसका कारण उनको कुल सम्पत्ति २ सय २ अर्ब डलरमा झरेको छ।

    ओरेकलका सहसंस्थापक ल्यारी एलिसनको सम्पत्ति ९.८८ अर्ब डलरले बढेर १ सय ९३ अर्ब डलर पुगेको छ, जसका कारण उनी चौथो स्थानमा पुगेका छन्।

    फ्रान्सेली व्यापारी र एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्टको सम्पत्ति २.८५ अर्ब डलरले घटेर १ सय ७३ अर्ब डलरमा पुगेको छ। उनी पाँचौँ स्थानमा रहेका छन्।

    माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्ति १.८२ अर्ब डलरले बढेर १ सय ५९ अर्ब डलर पुगेको छ, जसका कारण उनी छैटौँ स्थानमा छन्।

    गुगलका सहसंस्थापक ल्यारी पेजको सम्पत्ति ५.५३ अर्ब डलरले बढेर १ सय ५८ अर्ब डलर पुगेको छ, उनी सातौँ स्थानमा छन्।

    गुगलका अर्का सहसंस्थापक सर्गेई ब्रिनको सम्पत्ति ५.१७ अर्ब डलरले बढेर १ सय ४९ अर्ब डलर पुगेको छ, जसका कारण उनी आठौँ स्थानमा छन्।

    बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटको सम्पत्ति ७.५८ अर्ब डलरले बढेर १ सय ४८ अर्ब डलर पुगेको छ। उनी नवौँ स्थानमा छन्।

    माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बाल्मरको सम्पत्ति २.८१ अर्ब डलरले बढेर १ सय ४६ अर्ब डलर पुगेको छ, जसका कारण उनी दसौँ स्थानमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ