२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मानव तस्करी आरोपमा मुछिएका सांसद अधिकारी विराटनगरबाट पक्राउ

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.8K
    SHARES
  • मानव तस्करी आरोपमा मुछिएका सांसद अधिकारी विराटनगरबाट पक्राउ

    काठमाडौं : मानव तस्करीको आरोपमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको छ। आइतबार अदालतबाट अनुमति लिएर नेपाल प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो।

    अधिकारीलाई विराटनगरबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याइँदैछ। उनी जापान भ्रमणका क्रममा आवश्यक मापदण्ड नपुगेका कागजातसहित त्यहाँ पुगेकोमा जापानको अध्यागमन कार्यालयले शंकास्पद ठहर गर्दै फिर्ता पठाएपछि उनीमाथि प्रश्न उठेको थियो। यसपछि नैतिक जिम्मेवारीस्वरूप उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

    शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो। मोरङ २ (२) बाट निर्वाचित एमाले सांसद तथा कानुन व्यवसायीसमेत रहेका अधिकारी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ