काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक विशेष परिस्थितिमा प्रहरी हिरासतमै बसेको छ। सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने, उपसभापतिहरू डा. स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झा सम्मिलित बैठकको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।
सभापति लामिछानेलाई कात्तिक ३ गते सहकारीको रकम अपचलन आरोपमा जिल्ला प्रहरी कार्यालय, कास्कीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।
उनीमाथि अनुसन्धान भइरहेको र रुपन्देही लैजाने तयारी भइरहेको अवस्थामा रास्वपा नेताहरूले हिरासतभित्रै बैठक गरेका हुन्।





