२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अल्टिमा बुम २११: ४५ घण्टा सुन्न मिल्ने नयाँ सस्तो इयरबड्स, विशेष सुविधासहित!

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.9K
    SHARES
  • अल्टिमा बुम २११: ४५ घण्टा सुन्न मिल्ने नयाँ सस्तो इयरबड्स, विशेष सुविधासहित!

    काठमाडौं : अल्टिमा बुम ३११ को सफलतापछि अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ बजेट-मैत्री इयरबड्स बुम २११, बजारमा ल्याएको छ। प्रिमियम फिचर र उत्कृष्ट अडियो क्वालिटीले दिनभर आरामदायी संगीत अनुभव दिने यो इयरबड्स सस्तो मूल्यमा उपलब्ध छ।

    बुम २११ मा १० एमएमको हाई-फिडेलिटी ड्राइभरले शक्तिशाली बेस र स्पष्ट आवाज प्रदान गर्छ। ब्लुटुथ V5.4 र स्विफ्ट पियर प्रविधिको प्रयोगले १० मिटर दायरा उपलब्ध गराउँछ भने आईपीएक्स फोर वाटर रेजिस्टेन्सले यसलाई दैनिक प्रयोगको लागि उपयुक्त बनाउँछ।

    अल्टिमा लिंक एप सपोर्टमार्फत प्रयोगकर्ताहरूले सिग्नेचर र ब्यालेन्स इक्यू मोडहरू बीच स्विच गर्न र आवाजलाई आफ्नो मनपर्नेअनुसार अनुकूल बनाउन सक्छन्। एआई इनभाइरोमेन्टल नोइज क्यान्सलेसन (ईएनसी) सुविधा भएको यस इयरबडले भिडभाडयुक्त स्थानहरूमा पनि स्पष्ट कलिङ अनुभव प्रदान गर्छ। साथै ४५ एमएस लो लेटेन्सी गेम मोडले गेमिङ र स्ट्रिमिङलाई स्मुथ बनाउँछ।

    कम्पनीका अनुसार बुम २११ को बुस्ट चार्जिङले ४५ घण्टासम्मको ब्याट्री लाइफ दिन्छ। पर्ल ह्वाइट र स्पेस ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध यो इयरबडलाई दराज ११.११ को सेलमा १,५९९ मा पाउन सकिन्छ। ग्राहकहरूले दराजको एक्सक्लुसिभ भौचर र बैंक छुटहरूसहित १,२०० सम्ममा पनि प्राप्त गर्न सक्छन्।

    खरिदमा ६ महिनाको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी पनि उपलब्ध गराइएको छ।

    मुख्य फिचरहरू

    • अल्टिमा सुप्रिम साउन्ड: संगीत प्रेमीहरूको लागि सशक्त बेस र स्पष्ट आवाज।
    • अल्टिमा लिंक एप सपोर्ट: एन्ड्रोइड र आईओएसमा उपलब्ध ईक्यू मोड परिवर्तन गर्ने विकल्प।
    • टिकाउ ब्याट्री लाइफ: ६० प्रतिशत भोलुममा ४५ घण्टासम्मको प्ले टाइम।
    • बुस्ट चार्जिङ: ५ मिनेट चार्जमा ७५ मिनेट प्ले टाइम।
    • लो लेटेन्सी गेम मोड: गेमिङ र स्ट्रिमिङका लागि ४५ एमएस लेटेन्सी।
    • एआई ईएनसीसहितका ४ माइक: भिडमा पनि स्पष्ट कल।
    • टच कन्ट्रोल: गीत परिवर्तन, प्ले/पज र कल सजिलै गर्न टच सुविधा।
    • भ्वाइस असिस्टेन्ट सपोर्ट: गुगल असिस्टेन्ट र सिरी सपोर्ट।

    बुम २११ इयरबड्सले उत्कृष्ट गुणस्तर र किफायती मूल्य प्रदान गर्दै नेपाली बजारमा आफूलाई स्थापित गर्न लागेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ